Logo

४५ अंकले नेप्से घट्दा डेढ अर्बको कारोबार



काठमाडौं, ९ असार । साताको कारोबारको पाँचौ दिन शेयर बजारमा उच्च अंकको पहिरो गएको छ। नेप्से परिसुचक बिहीबार ४५ दशमलव २५ अंकले घटेर १८४८ दशमलव २८ विन्दुमा थामिएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ७ दशमलव ६ अंकले घटेर ३६२ दशमलव ९ विन्दुमा रोकिएको हो ।

आज २३७ कम्पनीको ३३ हजार ४६० पटक शेयर कारोबार भएर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँ बराबरको ५० लाख ८ हजार ७७१ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्