Logo

अफगानिस्तानमा शिखको गुरुद्वारामा भएको हमलाबारे संयुक्तराष्ट्रसंघमा भारतद्वारा आपत्ति



एजेन्सी, ९ असार । अफगानिस्तानको राजधानी काबुलको शिख गुरुद्वारामा भएको हमलाविरुद्ध भारतले संयुक्तराष्ट्रसंघमा आवाज उठाएको छ । सोमबार भारतले यो हमलाको सबै राष्ट्रसंघका सदस्य राष्ट्रहरुले विरोध गर्नुपर्ने बेला आएको समेत बताएको छ ।

राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि टी एस त्रीमूर्तिले राष्ट्रसंघको महासभामा कडा आपत्ती जनाउँदै आपत्ती जनाए ।

शनिबार इस्लामिक स्टेट नामक आतंकवादी संगठनको हमलामा परी दुई जनाको मृत्यु भएको थियो । बन्दुकधारीलाई त्यहाँको प्रहरीले ७ घन्टा लगाएर मारिदिएको थियो ।

अफगानिस्तानमा सन् १९७० को दशकमा २ लाख हिन्दू र शिख समुदाय रहेकोमा सन् २०१६ मा ७ हजार र अहिले १४० जना मात्र बाँकी छन् ।



प्रतिक्रिया दिनुहोस्