Logo

केयु र बागमती प्रदेशको कृषि मन्त्रालयबीच सम्झौता



काठमाडौं, १० असार । बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र धुलिखेल स्थित काठमाडौं विश्वविद्यालयबीच रसायनिक मल कारखानाको बिस्तृत आयोजना प्रतिवेदन (डिपीआर) का लागि सम्झौता भएको छ ।

बिहीबार हेटौँडामा एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालय र केयुबीच रसायनिक मलको कारखानाको डिपीआर तयार गर्न सम्झौता भएको हो । डिपीआर गर्न मन्त्रालयले केयुलाई २० लाख रूपैयाँ यो आर्थिक वर्षमा प्रदान गर्नेछ ।

मन्त्रालयले थप ३० लाख रूपैयाँ प्रदान गर्नेछ । केयुले मल कारखानाको क्षमता, लागत, प्रविधि, कारखाना राख्ने ठाउँ सहितको अध्ययन गर्नेछ ।

सम्झदारी कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाई र सचिव डाक्टर शरण कुमार पाण्डे लगायत सहभागी थिए ।

केयुसंग आजको सम्झदारीले कृषि मन्त्री हुमागाईंको योजनाले सार्थकता पाएको छ । केयुले एक वर्षभित्र मल कारखानाको बिस्तृत प्रतिवेदन बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई बुझाउने हाइड्रोजन ल्याब प्रमुख थापाले बताए ।

आजै अध्ययन थालनि गर्न सम्झौता पनि गरेको छ । २०८१ सालभित्र अध्ययन पुरा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्