Logo

उपत्यकाका नदीमा पानीको सतह बढ्यो, नदी किनारको बाटो प्रयोग नगर्न अपिल



काठमाडौं, असार १० । काठमाडौं उपत्यकामा बिहानैदेखि जारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएकाले हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ।

महाशाखाले एक सुचना जारी गर्दै नदी किनारको बाटो भइ यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सूचनामा भनिएको छ, ‘हनुमन्ते, मनोहरा, वाग्मती र यसका सहायक नदीमा जलसतह बढ्दो छ, नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा उच्च सतर्कता अपनाऔ।’



प्रतिक्रिया दिनुहोस्