Logo

फाइनल प्रवेश गर्न नेपाललाई मध्यम लक्ष्य



काठमाडौं, असार १० । अश्मिना क्रमचार्यले शानदार बलिङ गर्दै पाँच विकेट लिएपछि एसीसी वुमेन्स टि-२० च्याम्पियनसिप अन्तर्गत जारी सेमिफाइनल खेलमा युएईले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कलालम्पुरमा जारी खेलमा नेपालले फाइनल प्रवेश गर्नको लागि ८२ रनको लक्ष्य पाएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा अलआउट हुँदै ८१ रनमा समेटियो । युएईको लागि भाइश्नाभे महेशले सर्वाधिक १६ रन बनाइन् । यस्तै इशा ओजाले १५, चाया मुघाइले १४ र कुशी शर्माले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

नेपालको लागि अश्मिना क्रमचार्यले ३.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिइन् । इन्दु बर्माले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिँदा सीता राना मगरले ४ ओभरमा १९ रन दिएर २ विकेट लिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot