Logo

राष्ट्रपति पदका लागि आज द्रौपदी मुर्मुले उम्मेदवारी दर्ता गर्दै



एजेन्सी, १० असार । झारखण्डका पूर्व राज्यपाल द्रौपदी मुर्मुले आज दिउँसो १२ बजे एनडीएको तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्दैछिन् ।

मुर्मुको उम्मेदवारी दर्ता गर्ने क्रममा प्रधानमन्त्री मोदी, रक्षामन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहलगायत पार्टीका धेरै दिग्गज नेताहरू उपस्थित हुने भारतीय समाचार एजेन्सीले दैनिक भाष्करले उल्लेख गरेको छ । फाराम भर्ने अन्तिम मिति असार २९ हो ।

यसअघि बिहीबार द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदी, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री शाह र भाजपा अध्यक्ष जेपी नड्डासँग भेट गरेकी थिइन्। त्यसपछि केन्द्रीय मन्त्री प्रह्लाद जोशीको घरमा राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थकका रुपमा मनोनयनपत्रमा हस्ताक्षर भएको थियो । आन्ध्र प्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले एनडीएकी द्रौपदी मुर्मुलाई समर्थन गर्ने बिहीबार घोषणा गरेका छन् ।

ओडिशाको बिजु जनता दलले पहिले नै मुर्मुलाई समर्थन गर्ने घोषणा गरिसकेको छ। मेघालय लोकतान्त्रिक गठबन्धन (एमडीए) ले पनि समर्थनको घोषणा गरेको छ।

आरएसएसको सङ्गठन अखिल भारतीय वनवासी कल्याण आश्रमले द्रौपदी मुर्मुलाई राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनाउने निर्णयलाई ऐतिहासिक भएको बताएको छ ।

सिक्किमका मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेमसिंह तामाङले राष्ट्रपति पदका लागि द्रौपदी मुर्मुको उम्मेदवारीलाई समर्थन गरेका छन् । बिहारको हिन्दुस्तानी अवाम मोर्चाले पनि समर्थनको घोषणा गरेको छ ।

को हुन् द्रौपदी मुर्मु ?
द्रौपदी मुर्मु ओडिशाका आदिवासी नेता हुन्। झारखण्डको नवौं गभर्नर थिइन्, द्रौपदी मुर्मु ओडिशाको रैरंगपुरबाट विधायक थिइन्। उनी गभर्नर बन्ने पहिलो ओडिया नेता हुन्। यसअघि उनी सन् २००२ देखि २००४ सम्म बीजेपी–बीजेडी गठबन्धन सरकारमा मन्त्री पनि थिइन्। मुर्मुको मुख्य प्रतिस्पर्धा विपक्षी उम्मेदवार यशवन्त सिन्हासँग छन् ।

 



प्रतिक्रिया दिनुहोस्