Logo

न्यायलय सुधारको लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ : पूर्व न्यायाधीश केसी (भिडिओसहित)



काठमाडौं, १० असार । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले न्यायालय सुधारको लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । उनले अहिले पछिल्लो अवस्था हेर्दा न्याय बिकाउको अवस्थामा रहेको टिप्पणी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले हालै न्यायाधीश र अधिवक्ताबीच मुद्दाको विषयमा भएको लेनदेनको टेप प्रकरणबाट आफूले न्याय बिकाउको अवस्थामा रहेको भनेर शिक्षा पाएको सुनाए ।

उनले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायलय सुधारको लागि तत्काल हाई कोर्टको बैठक बोलाउनुपर्ने सुझाव दिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाईएको महाभियोग प्रस्ताव तत्काल अघि बढाउन उनको माग छ ।



प्रतिक्रिया दिनुहोस्