Logo

माधव नेपाललाई जहिले १० को चुनौती



काठमाडौं, १० असार । नेकपा एमाले हुँदा माधव नेपाललाई १० जना नेताले पार्टी एकता कायमै राख्न दबाब दिएका थिए । तर, माधव नेपालले अस्वीकार गरेर विद्रोह गरे ।

माधव नेपाललाई उनी पक्षधर १० जनाले साथ दिएनन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृतकुमार बोहरा, सुरेन्द पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, रघुजी पन्त, भीम आचार्यसहित १० जना थिए । उनीहरु एमालेमै रहे ।

माधव नेपाललाई एमालेका तत्कालीन पदाधिकारीमध्ये वरिष्ठ नेता झलनाथ खनालले मात्र साथ दिए । एमाले फुटेर नेकपा एस बन्यो ।

अहिले माधव नेपाललाई ठिक त्यसरी नै १० सांसद चुनौती बनेका छन् । उनीहरुले हस्ताक्षर नै गरेर संसदीय दलको बैठक डाक्न भनेका छन् ।

यसरी माधव नेपालको मन्त्री फिर्ता बोलाउने निर्णयविरुद्ध उत्रनेहरुमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपाल बहादुर बम, विना देवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु छन् । उनीहरुको विद्रोहले नेकपा एस फुटको संघारमा पुग्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्