Logo

माधव नेपालसँग छुट्टिएको पलको स्मरण गर्दै योगेश भट्टराई



काठमाडौं, १० असार । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले माधव नेपाल र झलनाथ खनालले अब आत्मबोध र पश्चात गर्नुपर्ने बताएका छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का मन्त्रीहरुले पार्टी नेतृत्वमाथि चूनौति दिएपछि एमाले नेता भट्टराईले यस्तो टिप्पणी गरेका छन् । उनले आफूले तत्कालिन समयमा एमाले विभाजनको औचित्य छैन भनेर दिएको तर्क को पनि स्मरण गराएका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले लेखेका छन्–”एकीकृत समाजबादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी बिभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, बिनय र एमाले बिभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहिभन्दा पनि वहाँले नमाने पछि कुनैदिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टीएको पलको स्मरण भईरहेको छ । हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ । आत्माबोध र पश्चातप : सिर्फ कहिले ?”



प्रतिक्रिया दिनुहोस्