Logo

द्रौपदीलाई राष्ट्रपनि बनाउन मोदी नै प्रस्तावक



एजेन्सी, १० असार । झारखण्डका पूर्व राज्यपाल द्रौपदी मुर्मुले आज एनडीएको तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेकी छन्।

उम्मेदवारी दर्ताको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, बिजु जनता दल र वाईएसआर कांग्रेसका नेताहरू पनि उपस्थित थिए।

द्रौपदी मुर्मुको राष्ट्रपतिको उम्मेदवारीका लागि प्रधानमन्त्री मोदी, अमित शाह, राजनाथ सिंह, जेपी नड्डा, लालन सिंह, पशुपति पारस, रेणु देवी र तारकिशोर प्रसाद प्रस्तावक रहेका छन् ।

आफ्नो उम्मेदवारी दर्ता गर्नु अघि, मुर्मुले संसदमा महात्मा गान्धी, डा अम्बेडकर र बिरसा मुन्डाको प्रतिमामा श्रद्धांजलि अर्पण गरेकी थिइन् । असार २९ गते उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति हो ।

द्रौपदी मुर्मुले शुक्रबार कांग्रेस प्रमुख सोनिया गान्धी, राष्ट्रवादी कांग्रेस पार्टीका शरद पवार र पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीलगायत प्रमुख विपक्षी नेताहरूसँग कुरा गरेर समर्थन मागेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्