Logo

एसका मन्त्रीहरु नहटाएपछि देउवालाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी



काठमाडौं, १० असार । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको एक महिना हुनलाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा चलमल हुन मानेका छैनन् । यसै विषयमा आज एसले डाकेको बैठकमा चर्काचर्की भयो ।

माधव नेपालले मन्त्रीहरुलाई निर्णय मान्न भने । तर, मन्त्रीहरुले राष्ट्रिय सभाबाट बजेट पारित होउञ्जेल कुर्न भने । कोही ४८ घन्टा भन्ने त कोही बजेट देखाउने । यसरी नै टार्ने रणनीति पछि बैठकमा चर्काचर्की नै भयो ।

नेकपा एसका मन्त्रीहरुले माधव नेपाललाई कडा चुनौती नै दिए । मन्त्रीहरुले निर्णय कार्यान्वयन गर्ने भने तर टार्ने गरी कुरा गरे । नेकपा एसको संसदीय दलको नेता नै परिवर्तन गर्ने चेतावनी सम्म गयो ।

यस्तो अवस्थापछि माधव नेपालनिकट नेताहरुले २४ घन्टाभित्र एसका मन्त्रीहरुलाई नहटाए सरकारलाई दिइआएको समर्थन फिर्ता गर्ने सम्मको चेतावनी दिएका छन् । नेकपा एसका उपमहासचिव गंगालाल तुलाधरले सरकारलाई दिइआएको समर्थन नै फिर्ता गर्ने सम्मको चेतावनी दिएका हुन् ।

देउवा प्रधानमन्त्री बन्नुमा नेकपा एमालेको विभाजन र नेकपा एसको समर्थन नै निर्णायक बनेको थियो । अहिले एसको मन्त्री फेर्ने निर्णय नै देउवाले टार्दै गएपछि गठबन्धन नै धरापमा पर्न थालेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्