Logo

पार्टीमा ठूलो संकट छैन्, प्रधानमन्त्रीले मन्त्रीहरु हेरफेर गर्न ढिलाई गर्नुभएको छ : मन्त्री खापुङ (भिडिओसहित)



काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले मन्त्रीहरु हेरफेर गर्ने पार्टीको निर्णय छिट्टै कार्यान्वयन हुने विश्वास दिलाएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरु हेरफेरको निर्णय कार्यान्वयनमा ढिलाई गरेको पनि गुनासो पोखे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टी सिस्टममा पार्टीको निर्णय नै प्रधान हुने जनाए । र, नेताहरुले पनि पार्टीको निर्णय सबैले पालना गर्ने उनको विश्वास थियो । उनले आफू राज्यमन्त्रीमा जान नचाहेको पनि विगतको स्मरण गराए । नेताहरुले नै राज्यमन्त्रीमा जानको लागि आग्रह गरेको र ६ महिनापछि फूलमन्त्रीमा सिफारिश गरिएको उनको भनाई छ ।

उनले अहिले पार्टीभित्र कुनैपनि किसिमको ठूलो संकट नभएको जिकिर गरे । उनले पार्टीमा पद्धती, विधि र विधान सबैले मान्नुपर्ने सुनाए । उनले आगामी संघीय संसद्को निर्वाचनमा कसरी जाने भन्नेबारे पार्टीले ठोस निर्णय नगरेको स्पष्ट पारे । तर, यो गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम गरिनुपर्ने आफ्नो मत रहेको मन्त्री खापुङको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्