Logo

मन्त्री आलेसहित ६ सांसदले लिए हस्ताक्षर फिर्ता लिए



काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) ६ सांसदले मन्त्रीहरु हेरफेरबारे पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएको हस्ताक्षर फिर्ता लिएका छन् । पर्यटनमन्त्री प्रेम आलेसहित ६ सांसदले आज हस्ताक्षर फिर्ता लिएको पत्र अध्यक्ष नेपाललाई बुझाएका छन् ।

यसअघि १० सांसदले अध्यक्ष नेपाललाई सम्बोधन गर्दै ८ बुँदे माग अघि सारेर हस्ताक्षरसहितको पत्र बुझाएका थिए । तीमध्ये ६ जनाले आज हस्ताक्षर फिर्ता लिएका हुन् ।यसरी हस्ताक्षर फिर्ता लिनेमा प्रेम आले, धनबहादुर बुढा, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ, विनादेवी बुढाथोकी र कृष्णलाल महर्जन रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot