Logo

श्रीलंकाले भारतले दिएको ऋणबाट खाद्यान्न किन्ने



एजेन्सी, ११ असार । भारतले दिएको १ अर्ब ऋण सहयोगबाट श्रीलंकाले इन्धन र खाद्यान्न खरिद गर्दै आएको छ । उसले यसपटक ७ करोड डलरको खाद्यान्न खरिद गर्ने भएको छ ।

खाद्यान्न खरिदबारे श्रीलंका सरकारले अनुमोदन गरेको छ । श्रीलंकाले १८ करोड डलर यसअघि नै खाद्यान्न किन्न खर्च गरिसकेको छ ।

चरम आर्थिक संकटपछि भारतले श्रीलंकालाई ऋण सहायता दिएको छ । उक्त सहायताको रकम श्रीलंकाले इन्धन, खाद्यान्न, औषधी जस्ता सामाग्रीको खरिदमा खर्चिएको छ ।

श्रीलंका टाट पल्टिएको घोषणा त्यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघेले गरिसकेका छन् । पूर्वाधारसम्बन्धी ऋण, पर्यटन व्यवसाय ठप्पप्रायः हुनुले श्रीलंका चरम आर्थिक संकटमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्