Logo

नेपाल आए भारतीय राजदूत श्रीवास्तव



काठमाडौं, ११ असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । उनी आज अपरान्ह आइपुगेका हुन् ।

विनयमोहन क्वात्रा विदेश सचिव बनेपछि राजदूत पद रिक्त थियो । त्यसपछि नवीन श्रीवास्तव नियुक्त भएका हुन् ।

नेपाल आउनुअघि उनी भारतको विदेश मन्त्रालय अन्तर्गतको पूर्वएशिया डेस्कमा थिए । श्रीवास्तव चीन मामलाका जानकार पनि हुन् ।

Photo Source: Embassy of India, Nepal



प्रतिक्रिया दिनुहोस्