Logo

एमाले विभाजन गरेर देशको लागि ठीक काम गरेको माधव नेपालको दाबी



काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गरेर देशलाई अस्थिर राजनीतिक अवस्थाबाट बचाएको बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकपछि आयोजित कार्यक्रममा उनले यदि पार्टी फुटाएर अलग्गै नभएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुनसक्ने अवस्था आइसकेको बताए । यसकारण विद्रोह गरेर देश र नेपाली जनताको लागि ठिक काम उनले गरेको दाबी गरे ।

कार्यक्रममा उनले प्रतिनिधिसधा र प्रदेशसभा निर्वाचनको लागि तयारीमा लाग्न पनि निर्देशन दिए । आगामी निर्वाचनमा कति स्थानमा उम्मेदवारी दिने भन्ने विषयमा विश्लेषण गर्न उनले निर्देशन दिएका छन् । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्