Logo

युवा पुस्तामा लागूऔषध दुर्व्यसनी बढ्योः गृहमन्त्री



काठमाडौं, असार १२ । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागूपदार्थ दुर्व्यसनी चुनौतीको रुपमा अघि बढिरहेको बताएका छन्।

आइतबार काठमाडौँमा भएको लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।

उनले लागू पदार्थको दुर्व्यसनका कारण समाजलाई गम्भीर असर पारेको पनि जिकिर गरे। मन्त्री खाँणले लागूऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको उल्लेख गरे। उनले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको पनि बताए।

लागूऔषध दुर्व्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेको गृहमन्त्रीको भनाइ छ। उनले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुर्व्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यक्ता रहेको पनि बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot