Logo

प्रचण्ड हाम्रो पार्टीको मात्रै नेता होईन, देशका नेताहरुको पनि नेता हो : देवेन्द्र पौडेल (भिडिओसहित)



काठमाडौं, १२ असार । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफूहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नेताहरुको पनि नेताको रुपमा र पार्टीको मात्रै नभएर देशको पनि नेताको रुपमा मानेको सुनाएका छन् । उनले प्रचण्डले २० वर्षदेखि देशको नेताको रुपमा अविछिन्न रुपमा भूमिका निर्वाह गरेको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘कतिपयलाई मैले भनेको कुरा चित्त बुझोस वा नबुझोस, तर देशमा आएका विशिष्ट परिस्थितिमा प्रचण्डले नै नेतृत्व गर्नुभएको छ । समस्या सुल्झाउने बेलामा उहाँ नै बढि सक्रिय हुनुहुन्छ ।’

उनले पार्टी कुनैपनि अर्थमा लथालुङ नरहेको पनि जिकिर गरे । उनले अब बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्ने विश्वास दिलाए । उनले पार्टीमा सबै पदको लागि आकांक्षीहरु रहेको जिकिर गरे । महासचिवमा अलिक धेरै आकांक्षीहरु रहेको उनको भनाई छ ।

उनले पदाधिकारी चयन गर्दा सहमतिको जनवादको प्रयोग गर्ने सुनाए । तर, सहमति हुन नसके आफूहरुमध्येबाट लोकतान्त्रिक प्रक्रियाबाट चयन गरिने सुनाए । उनले आफूहरु नेकपाको एकता जोगाउनको लागि सक्रिय भएको पनि स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्