Logo

भदौमा हुने अधिवक्ताको परीक्षा सबै प्रदेशबाट दिन सकिने



काठमाडौं, १२ असार । नेपाल कानुन व्यवसायी परिषदले अधिवक्ता तहको लिखित परीक्षा अब सातै प्रदेशबाट सञ्चालन हुने भएको छ ।

आज एक सुचना जारी गर्दै परिषदले आगामी भदौ २३ देखि २६ गतेसम्म हुने परीक्षा सातै प्रदेशबाट हुने जानकारी दिएको हो ।

सुचना अनुुसार बाग्मती प्रदेशको काठमाडौंमा परीक्षा हुनेछ भने गण्डकीको पोखरामा हुनेछ । त्यस्तै, प्रदेश १ को विराटनगरमा, मधेश प्रदेशको जनकपुरमा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णालीको सुर्खेत र सुदुरपश्चिमको धनगढीमा परीक्षा हुनेछन् ।

परीक्षामा सहभागी हुन परीक्षार्थीले आवश्यकता कागजात असार १५ गतेदेखि १५ गतेभित्र पेश गर्नुपर्ने समेत सुचनामा उल्लेख गरिएको छ। परीक्षा शुल्क द्ध हजार तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot