Logo

वामदेव पनि स्वतन्त्रसँग डराए



काठमाडौं, १२ असार । देशभर स्वतन्त्र उम्मेदवारहरुको चर्चा चलिरहँदा नेकपा एकता राष्ट्रिय अभियानमा लागेका वामदेव गौतम पनि त्रस्त भएका छन् । उनले स्वतन्त्र उम्मेदवारलाई प्रतिनिधि सभामा ढोका बन्द गर्ने गरी प्रस्ताव ल्याएका छन् ।

वामदेवले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेका हुन् । उनले नेपालको संविधानमा आवश्यक संशोधन शिर्षकमा एकता अभियानको प्रथम केन्द्रीय कमिटीको बैठकमा त्यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन् ।

चन्द्रागिरीमा जारी बैठकमा गौतमले प्रधानमन्त्रीका ठाउँमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको शासकी स्वरुप अबलम्बन गरिने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने, व्यक्ति निर्वाचित हुने प्रणालीका ठाउँमा पार्टी निर्वाचित हुने प्रणाली अबलम्बन गरिने विषय उल्लेख गरेका छन् ।

वामदेवले राष्ट्रपति, मुख्यमन्त्री र पालिका अध्यक्ष पदमा मात्र स्वतन्त्र उम्मेदवारी दिन पाउने व्यवस्था गरिने विषय उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्