Logo

देउवामाथि चर्को दबाब



काठमाडौं, १२ असार । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरु हेरफेर गर्ने निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन नगर्नुका पछाडि आफ्नै पार्टीभित्रबाट परेको चर्को दबाब पनि एउटा कारण बनेको छ । नेपाली काँग्रेसभित्र मन्त्रीका आकांक्षीहरु धेरै देखिएका छन् । उनीहरुले देउवामाथि मन्त्री बनाउन दबाब बढाउन थालेका छन् ।

बहालवाला सांसदमध्ये धेरैले मन्त्रीको आकांक्षा राखेका छन् । उनीहरुले नेताहरुको घर घरमा दौड पनि बढाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि माधव नेपालको निर्णयले दबाबमा परेका छन् । माओवादीमा पनि सांसदहरुले आफूलाई मन्त्री बनाउन प्रचण्डमाथि दबाब बढाउन थालेका छन् । नारायणकाजी श्रेष्ठले सरकारमा जान दबाबमूलक गतिविधि गरिरहेका छन् ।

जनता समाजवादी पार्टी मन्त्री बन्न चाहनेको प्रतिष्पर्धाले समस्यामा छ । जसपा फुटको संघारमा छ । लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि देउवाले सरकारमा ल्याउन खोजेका छन् । तर, लोसपाभित्र पनि होडवाजी चलिसकेको छ ।

माधव नेपालले मन्त्री फेर्न खोज्दा उनको पार्टीभित्रको लफडा छताछुल्ल भइसकेको छ । तर, भित्र भित्र अरु दलमा पनि मन्त्री बन्ने होडवाजी चर्किएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्