पर्यटनमन्त्री आलेले दिए राजीनामा (भिडिओसहित)


काठमाडौं, १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा दिएका छन्।

मन्त्री आलेले आज (आइतबार) साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गरि पदबाट राजीनामा दिएका छन्।

करिब नौ महिना मन्त्री भएका आलेले अहिले पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यकालमा भएका कामको प्रगतिबारे प्रकाश पारिरहेका छन् ।

हेरौं लाईभ भिडिओ :