Logo

भगवान दाहिने भएको भए घर किन जानुपथ्र्योः मन्त्री झाँक्री



काठमाडौं, १२ असार । शहरी विकास मन्त्रालयबाट बिदा हुँदै गर्दा मन्त्री रामकुमारी झाँक्री रोइन् । उनले पत्रकार सम्मेलनमा आँसु पुछ्दै गरेको दृश्य देखिन्थ्यो ।

झाँक्रीलाई बिदाईका बेला मन्त्रालयका कर्मचारीले बुद्धको मूर्ति दिए । उपत्यका विकास प्राधिकरणकी जानुका ढकालले गणेश दिइन् । उनले भगवान्को मूर्ति पाउँदा कर्मचारीले भगवान्ले राम्रो गरुन् भन्ने कामना गरिन् ।

झाँक्रीले जवाफमा भनिन्,‘भगवान दाहिना भए घर किन जानुपथ्र्यो ।’ झाँक्रीलाई मन्त्रालय छाड्न निकै कठिन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्