Logo

रोहितको टिमलाई ‘ट्रोफियो रोनाल्डिन्हो’को उपाधि



काठमाडौं, असार १३ । नेपाली राष्ट्रिय फूटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मेलित पेर्सिक एफसीले ‘ट्रोफियो रोनाल्डिन्हो’ नाम दिइएको मैत्रीपूर्ण फूटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा रोहित सम्मीलित पेर्सिकले रोनाल्डिन्होको टिम रेन्स नुसनतारालाई पेनाल्टी सुटआउटमा ४(२ गोलले पराजित गरेको हो ।

मलाङका भएको खेलको खेलको निर्धारित ३० मिनेटमा दुवै टोलीबाट गोल नभएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा पेर्सिक भाग्यमानी रह्यो । नेपाली मिडफिल्डर रोहित चन्द पहिलो रोजाइमा रहँदै मैदान उत्रिएका थिए ।



प्रतिक्रिया दिनुहोस्