Logo

नवनियुक्त मन्त्रीहरुको शपथग्रहण ११ बजे



काठमाडौं, असार १३ । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रम अहिले ११ बजे राष्ट्रपति भवन शीतल निवासमा हुँदै छ। नेकपा (एकीकृत समाजवादी) बाट मन्त्रिपरिषदमा इन्ट्री गरेका नयाँ मन्त्रीको शपथ हुन लागेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी नियुक्त भएका हुन्।

आइतबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन भएको जानकारी गराइएको थियो।



प्रतिक्रिया दिनुहोस्