Logo

‘पुष्पा २’का लागि अल्लु अर्जुनले तौल बढाएकै हुन त



एजेन्सी, १३ असार । साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुन यतिबेला आफ्नो आगामी फिल्म ‘पुष्पाः द रुल’ लाई लिएर चर्चामा छन् । अहिले सामाजिक सञ्जालमा अल्लु अर्जुनका केही नयाँ तस्बिरहरु सार्वजनिक भएका छन् । यी तस्बिरमा अल्लुको तौल बढेको देखिन्छ । जसका कारण धेरैले अल्लुलाई सोसल मिडियामा ट्रोल गरिरहेका छन् ।

अल्लु अर्जुनका यी नयाँ तस्बिरहरू पनि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । यी तस्विरहरूमा अल्लु नीलो प्रिन्ट गरिएको टी–शर्ट र कालो ट्राउजर लगाएको देखिन्छ । तस्बिरमा उनको तौल निकै बढेको देख्न सकिन्छ । उनका यी तस्बिरहरूमा प्रयोगकर्ताहरूले उनको आलोचना गरिरहेका छन् र धेरैले अश्लील टिप्पणीहरू पनि गरिरहेका छन्।

अल्लुले ‘पुष्पा २’का लागि आफ्नो तौल बढाएको पनि मानिसहरुले अनुमान गरिरहेका छन् । अब अल्लु अर्जुनको तौल किन बढ्यो भन्ने कुरा फिल्म आएपछि मात्र थाहा हुनेछ ।

अल्लु पछिल्लो पटक ‘पुष्पा द राइज’ मा देखिएका थिए । यही फिल्मबाट उनी विश्वभर चर्चित भए । सुकुमारद्वारा निर्देशित यो फिल्म गत वर्ष डिसेम्बर १७ मा रिलिज भएको थियो । फिल्ममा अल्लु अर्थात् ‘पुष्पराज’ बाहेक रश्मिका मन्डन्ना, सुनील, सामन्था रुथ प्रभु, फहद फासिल, प्रकाश राज, अजय घोषलगायतका धेरै स्टारहरू मुख्य भूमिकामा थिए।

फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज भएको थियो। यो फिल्मको हिन्दी संस्करणले करिब ११० करोड कमाएको थियो । अहिले फ्यानहरु फिल्म ‘पुष्पाः द रुल’ को दोस्रो पार्टको प्रतिक्षामा छन् । अल्लु अर्जुनले छिट्टै यो फिल्मको छायांकन सुरु गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्