अपाच्य र द्धिअर्थी शब्दका तीज गीत नबनाउन आग्रह


काठमाडौं, १३ असार । हिन्दु महिलाहरुको चाड तीज नजिकिदै छ । पछिल्ला समयमा उच्छंखल गीतहरुले तीजमा स्थानमा पाउन थालेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सदूभावमा खलल पुर्याउने अभद्र, द्धिअर्थी र अपाच्य खालका तीज गीत सार्वजनिक नगर्न सम्पुर्ण कलाकारलाई आग्रह गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले अभद्र, द्धिखर्थी र अपाच्य खालका गीत सार्वजनिक गरेमा साधारण सदस्यता खारेज गर्ने समेत चेतावनी दिएका छन् ।

उनले एक विज्ञप्ती जारी गर्दै लेखेका छन्,‘सम्पुर्ण स्रष्टा, सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकमा सामाजिक सद्भावमा खलल पुर्याउने किसिमका गीत सार्वजनिक नगर्न नगराउन आग्रह गर्छौ ।’ प्रतिष्ठानले अभद्र र नियतवस द्धिअर्थी अपाच्य शब्द सामाग्री प्रयोग गरी संस्कृती बिगार्ने खालका गीतसंगित प्रस्तुन नगर्न पनि आग्रह गरेको छ।