Logo

नवनियुक्त मन्त्रीहरुले लिए सपथ



काठमाडौं, १३ असार । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजोमात्रै मन्त्रिपरिषद् पूनर्गठन गरेका थिए । सो अनुसार नेकपा (एकीकृत समाजवादी) बाट ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त भएका थिए । आज (सोमबार) राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीले सहरी विकास मन्त्री, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री , भवानी खापुङले स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा हिरा केसीले स्वास्थ्य राज्यमन्त्रीको सपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot