Logo

चार सयको स्पिडमा काम गर्छु : नवनियुक्त मन्त्री चौधरी



काठमाडौं, १३ असार । नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले आफूले तीन सयदेखि चार सयको स्पिडमा काम गर्ने बताएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार सम्हाल्ने क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले सहरी विकासको लागि मुख्य शहरमा विकास प्राधिकरण बनाउने पनि घोषणा गरे । नवनियुक्त चौधरीले होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने भन्दै आफ्नो कामको गति पनि सबैभन्दा धेरै स्पीडमा हुने बताए । उनले भने,‘म सबैभन्दा बढीको स्पीड थ्री हण्ड्रेड, फोर हण्ड्रेडको स्पीडमा हिँड्छु।

Photo : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्