Logo

विमल सुवेदीको निर्देशनमा जगदीश घिमिरेको ‘साविती’मा आधारित नाटक मञ्चन हुने



काठमाडौं, १३ असार । विमल सुवेदीले नाटक विधामा अलग पहिचान बनाइसकेका छन् । पुणेस्थित एफटीआइआइमा समेत अध्ययन गरेर सुवेदीले मञ्चन भएका विभिन्न नाटकको निर्देशन गरिसकेका छन् ।

यसपटक उनको निर्देशनमा यस्तो नाटक मञ्चन हुन लागेको छ जुन साहित्यकार जगदीश घिमिरेको कथा सावितीमा आधारित छ । नाटक थिएटर भिलेजले मञ्चन गर्ने भएको छ ।

नाटकको सहायक निर्देशक जेनी सुनुवार छिन् । १७ असार देखि १९ असारसम्म थिएटर भिलेज वत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक मञ्चन हुनेछ ।

भारतीय रङ्गकर्मी अनुराधा मजुमदार नाटकको प्रमुख भूमिकामा रहने छिन् । मजुमदार नाटकको तयारीमा छिन् ।



प्रतिक्रिया दिनुहोस्