Logo

ओली र माधव नेपाल मिलाउन वामदेव के के गर्दैछन्



काठमाडौं, १३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पानी बाराबारको स्थिति छ । एमाले फुटेपछि दुई नेताबीच भेटवार्ता भएको छैन । तर, दुवै नेतालाई मिलाउने पहलले गति लिएको छ ।

भेट्रान कम्युनिस्ट नेता वामदेव गौतमले ओली र माधव नेपालबीच भेटवार्ता गराउने पहल गरिरहेका छ् । उनले हिजो मध्यराति चन्द्रागिरीबाट फर्किंदा दुई नेतालाई मिलाउने संकल्प गरेको बुझिएको छ ।

गौतमले पहिला ओली र माधव नेपाललाई भेटवार्ता गराउने तयारी गरेका छन् । यसै हप्ताभित्र दुई नेताबीच भेट गराउने गरी गौतम लागेका छन् ।

गौतमको नेकपा एकता राष्ट्रिय अभियानले एकाएक सक्रियता देखाउन थालेको छ । १२ असारको विहानै चन्द्रागिरी पुगेको एकता अभियानको टोली मध्यरात मात्र फर्किएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्