Logo

साउनको पहिलो साता चुनाव घोषणा हुने



काठमाडौं, १३ असार । सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति साउनको पहिलो साता घोषणा गर्ने भएको छ । कात्तिको अन्तिम या मंसिरको पहिलो साता चुनाव गर्ने गरी मिति सिफारिश हुने विश्वस्त स्रोतले रिपोटर्स नेपाललाई जानकारी दिएको छ ।

चुनाव एकै चरणमा गर्ने या दुई चरणमा गर्ने भन्नेबारे भने छलफल चलिरहेको बुझिएको छ । स्थानीय चुनाव एकै चरणमा गरिएको अभ्यासलाई लिएर प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि एकै चरणमा गर्नेबारे बालुवाटारले सुझावहरु लिइहरेको छ ।

चुनाव अघि नै मन्त्रिपरिषद्मा केही हेरफेर गर्ने तयारी समेत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा धरातलीय यथार्थको रिपोर्टहरु बुझेर चुनावको मिति र चरण तय गर्नेबारे परामर्श गर्न थालिसकेका छन् ।

संविधान अनुसार मंसिरभित्र चुनाव गरिसक्नुपर्नेछ । विशेष परिस्थितिमा भने केही महिना पछि धकेल्न सकिने छ ।



प्रतिक्रिया दिनुहोस्