Logo

न्यायाधीश राजकुमार कोइराला घूसकाण्डमा परेपछि निलम्बित



काठमाडौं, १३ असार । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । उनी घूसकाण्डमा मुछिएपछि निलम्बित भएका हुन् ।

कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङको मुद्दामा घूसको लेनदेन मिलाउने विषयमा भएको अडियो टेप बाहिरिएपछि छानविनका लागि निलम्बन गरेको हो ।

घटनाको छानविनका लागि न्यायपरिषदको बैठकले समिति नै बनाएको छ । न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिले ४५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।

घूस काण्डमा न्यायाधीश कोइरालाले आफूले घूस अस्वीकार गरेको दाबी गरेका छन् । अधिवक्ता पोखरेलले पनि छानविनको माग गर्दै आफूले घूस लेनदेन नगरेको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्