Logo

नेविसंघद्धारा भक्तपुर बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं, १३ असार । भक्तपुर बहुमुखी क्याम्पसले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। “रक्तदान जीवनदान, रक्तदान महादान“ स्लोगनसहित उत्साहजनक उपस्थितिका साथ नेपाल विद्यार्थी संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन् । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परिरहेको समयमा भक्तपुर बहुमुखी क्याम्पसले रक्तदान कार्यक्रमको आयोजना गरेको ने वि संघका नेता सजग पोखरेलले बताए ।

असार १३ गते सोमवारको दिन बृहत रुपमा नेविसंघले गरेको रक्तदानले सबै बिधार्थीलाइ थप उर्जा प्रदान गरेको उनले विश्वास व्यक्त गरे । बिधार्थी नेताहरु सजग पोखरेल, सुदीप ढुंगाना, निमेष नायावा लगायतका सक्रियतामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्