Logo

अमेरिकी राष्ट्रपति वाइडेनका छोरामाथि यौनकर्मीका लागि ३० हजार डलर खर्चिएको आरोप



एजेन्सी, १४ असार । अमेरिकी राष्ट्रपति जो वाइडेनका छोरा हन्टर वाइडेन विवादमा परेका छन् । उनीमाथि पूर्वी यूरोपका यौनकर्मीलाई ३० हजार डलर खर्च गरेको आरोप छ ।

हन्टर वाइडेनको ल्यापटपले किम र मस्कोस्थित मोडल एजेन्सीका कार्यालयमार्फत् रकम खर्च गरेको रिपोर्ट वासिङटन एक्जामिनरले सार्वजनिक गरेको छ । नोभेम्बर २०१८ देखि मार्च २०१९ को बीच बिलहरु तिरिएको रिपोर्टको दाबी छ ।

जो वाइडेनले इभा नामको एक्स्क्लुजिभ मोडल एजेन्सीका कर्मचारी इभासँग सन्देशहरु पठाएको समेत रिपोर्टमा उल्लेख छ । सन्देशहरु पठाएपछि हन्टरले इभालाई क्यासएपमार्फत् ५ हजार डलर पठाएको भनिएको छ ।

हन्टर वाइडेनले यौनकर्मीसँग युक्रेनको ऊर्जा फर्म बुरिस्मामा आउँदा रोमान्स गरेको रिपोर्टमा भनिएको छ । ल्यापटपबाट लिक भएको यी विषय विगतमा न्यूर्यार्क पोष्टमा सन् २०२० मा उल्लेख भएको थियो ।



प्रतिक्रिया दिनुहोस्