Logo

बालेनको गोप्य योजनाः आफ्नै क्षेत्रमा फोहर विसर्जन गर्ने तयारी



काठमाडौं, असार १४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै उनले सो गोप्य योजना बनाएका हुन् ।

डेढ साताअघि हेटौंडामा आयोजित दुई दिने कार्यक्रममा सो विषय उठान गरेपछि मेयर साह र उपमेयर सुनिता डंगोल दोस्रो दिनको कार्यक्रममा नबसी फर्किएका थिए। आपलाई अपमान भएको महसुस गर्दै मेयर र उपमेयर दोस्रो दिनको कार्यक्रममा सहभागी भएनन्।

महानगरवासी र जनप्रतिनिधिमाथि अपमान भएको महसुस गरेका मेयर साहले महानगरको फोहोर महानगरमै व्यवस्थापन गर्न गोप्य योजना बनाएका छन् ।

केही दिनदेखि मेयर साह र उपमेयर डंगोल महानगरको फोहोरमैला व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जन, सदस्य र कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलसहितको टिम बसेर योजना तयार गरिरहेका छन्। महानगरको फोहोर व्यवस्थापन गर्न करोडौं रुपियाँ खर्च हुने गरेको छ ।

सो खर्च व्यवस्थापन गर्न र वैज्ञानिक रूपमा फोहोर विसर्जन गर्न नयाँ उपाय अवलम्बन गर्न लागेको हो । कामपाले कहिलेदेखि महानगरभित्रै वा छिमेकी जिल्लामा फोहोर व्यवस्थापन गर्नेछ भन्ने विषयमा कसैसँग उत्तर छैन । तर, मेयर साहले विभिन्न स्थानको अवलोकन गरी केही समयपछि राजधानीनजिकै फोहोर व्यवस्थापन गर्ने तयारी गरिरहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्