Logo

श्रीलंकामा अत्यावश्यकबाहेक सबै क्षेत्रलाई तेल बिक्रि गर्न रोक



कोलम्बो, असार १४ । आर्थिक संकटका कारण श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवालाई दुई सातासम्म इन्धन बिक्री नगर्ने भएको छ ।

भण्डारण गरिएको तेक सकिएको र थपे तेल आपूर्ति हुन नसकेपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न आग्रह गरेको छ । नीजि क्षेत्रका कर्मचारीलाई समेत अफिस नजान सरकारले ‘सोमबार मध्यरातमा यस्तो आग्रह गरेको हो ।

तेलको बढ्दो संकटलाई मध्येनजर गर्दै आज मंगलबारदेखि प्रहरी, दमकल, स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवालाई इन्धन बिक्री बन्द गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्