Logo

रिदम पोखरेल लन्डनबाट एक महिनादेखि बेपत्ता



लन्डन, असार १४ । लन्डनको हेजबाट एक नेपाली पछिल्लो एक महिनादेखि बेपत्ता रहेका छन् ।

लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ ।

स्थानीय प्रहरीले सर्वसाधारणलाई उनको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ । उनी पछिल्लो पटक बेलायतको डोबर भन्ने ठाउँमा देखिएका थिए । त्यसैकारण डोबर हेर्ने केन्ट प्रहरी शाखाले पनि छुट्टै सूचना जारी गरी खोजीमा सघाउन भनेको छ ।

उनको नेपालको ठेगानाबारे भने कुनै जानकारी सार्वजनिक गरिएको छैन् ।



प्रतिक्रिया दिनुहोस्