Logo

उपेन्द्र यादव मन्त्री फिर्ता बोलाउने निर्णयमा पुगे, को को बन्लान् नयाँ मन्त्री



काठमाडौं, १४ असार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री फिर्ता बोलाउने निर्णयमा पुगेका छन् । उनले सोमबार अबेर राति कार्यकारिणी बैठक डाकेर सरकारमा सहभागी चारै जना मन्त्री फिर्ता बोलाउने निर्णय लिएका हुन् ।

सरकारमा पठाउने नयाँ मन्त्रीबारे पनि उपेन्द्रले नै निर्णय गर्ने अधिकार पाएका छन् । तर, कार्यकारिणीको बैठकमा बाबुराम गुटमा सक्रिय कुनै पनि नेतालाई बोलाइएन ।

कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादव सहित केही नेताहरूलाई कारबाही गर्ने सम्मको विषय उठेको छ ।

हिजो बिहान प्रचण्ड संग भेटेका उपेन्द्र यादवले नेकपा एसले मन्त्रिहरू फिर्ता बोलाएर नयांलाई शपथग्रहण गराए पछि अब आफ्नो पार्टीमा पनि मन्त्रिहरू फेरबदलको लागि सहयोग गर्न आग्रह गरेका थिए ।

प्रचण्डले पार्टीबाट औपचारिक निर्णय गरेर आउन भने पछि हिजो सांझमा बसेको कार्यकारिणी बैठकले मन्त्रिहरू फिर्ता बोलाउने निर्णय गर्यो । उपेन्द्रको निर्णयपछि नेकपा एसमा नयाँ विवाद देखिन थालेको छ ।

उपेन्द्रको निर्णयपछि नेकपा एसमा नयाँ विवाद देखिन थालेको छ । उपेन्द्र उपप्रधानमन्त्री पाए आफै सरकारमा जाने तयारीमा छन् । मन्त्रीको दौडमा प्रमोद साह, प्रदीप यादव, रामबाबु कुमार यादव, सुरेन्द्र कुमार यादव र अमृता अग्रहरी छन् ।



प्रतिक्रिया दिनुहोस्