Logo

निवर्तमान मन्त्री विरोध खतिवडा भन्छन्ः “१२ घण्टा पर्खिएको भए म हाँसीखुसी मन्त्रालयबाट बिदा हुन्थें”



काठमाडौं, १४ असार । निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले पार्टीभित्रकै केही नेताहरुले अनेक अफवाह फैलाएको आरोप लगाएका छन् ।

प्राइम एचडी टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेकपा (एस) का नेता समेत रहेका खतिवडाले भने, “हामीमाथि संसदीय दलमा नेता फेर्न लागेको, कुर्सी जोगाइदिनुस् भनेर प्रधानमन्त्रीकहाँ धाएको, पार्टी निर्णयमा अटेरी गरेको आदि प्रोपगन्डा गरियो । अल्पज्ञानको उपचार हुन्न । हामीले उठाएका विषय लेखेर दिएका छौं । लिखत नै बोल्छ । मेरा बारेमा नभएका कुरा गर्ने फटाहा हुन् । जिम्मेवार नेताले यस्तो भन्दैनन् । म आमनेसामने कुरा गर्न तयार छु । ”

राष्ट्रिय सभामा मन्त्रालयगत बजेटमाथि छलफल गरेपछि राजीनामा दिने भन्दा पनि नपर्खिइएको खतिवडाले बताए । उनले भने, “हामीले भनेको के मात्र हो भने मन्त्री फिर्ता बोलाउने कुरा टीभीबाट सुन्नु नपरोस्, एकदुई अगाडि सूचना गरिदिनोस् भनेको हो । तर हामीले मिडियाबाटै थाहा पायौं । त्यसमा प्राविधिक गल्ती रुपमा भयो । त्यसको पनि टाइमिङ मिलेन । राष्ट्रिय सभाको बजेट पारित भएपछि छाड्छौं भनेकै थियो । अरु मन्त्रीले जवाफ दिन पाए । मैले त त्यो पनि पाइनँ । १२ घण्टापछि भएको भए म हाँसीखुसी शानदार ढंगले बिदा हुन्थें ।”

 



प्रतिक्रिया दिनुहोस्