Logo

बामदेव गौतमले आज नयाँ दल घोषणा गर्दै



काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ दल घोषणा गर्ने भएका छन् ।

गौतमले राजधानीमा आज पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।

नेकपा विभाजन भएपछि एकता अभियानमा जुटेका गौतमले कम्युनिष्ट एकता गर्न नसकेपछि आफैले नयाँ दल गठन गर्न लागेका हुन् ।

नयाँ दल घोषणा तयारीका लागि गौतमपक्षको असार ११ गते सिद्धार्थ राष्ट्रिय भेला आयोजना गरिएको थियो ।

गौतमको नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने जनाइएको छ । पार्टीको संयोजकमा गौतम, सचिवमा डिबी कार्की, प्रचार विभागमा नीमकान्त पाण्डेको नाम फाइनल भएको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot