Logo

नवनियुक्त मन्त्री चौधरीको टिप्पणी : यो चुनावमा केपी ओलीसँग मिल्ने कुरा असम्भव छ, एकताको सम्भावनाका ढोका खुल्लै छन् (भिडिओसहित)



काठमाडौं, १४ असार । नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले आफू मन्त्री बन्छु भन्नेबारे स्पष्ट भएपनि शहरी विकास मन्त्रालयको नेतृत्व गर्छु भनेर नसोचेको स्पष्ट पारेका छन् । उनले शहरी विकास मन्त्रालयको महत्व धेरै नै रहेको सुनाए । उनले पार्टीले दिएको जिम्मेवारीलाई आफूहरुले खरो रुपमा उत्रिएर पूरा गर्ने सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले जनताको हित हुनेगरि काम गर्ने विश्वास दिलाए । उनले तत्काल एमालेसँग पार्टी एकता हुने सम्भावना नरहेको दाबी गरे। उनले भेन,‘यो निर्वाचनमा एमालेसँग मिल्ने कुरा असम्भव छ। तर एकताको लागि सम्भावनाको ढोका खुल्लै छन् ।’

उनले आफूहरुले मुलुकमा एक सय वर्षसम्म कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनाउने सपना देखेको सुनाए । तर, त्यो सपनालाई केपी ओलीले चकनाचुर बनाईदिएको उनको आरोप छ । उनले केपी ओलीले जानीजानी नेपालको संसदीय प्रणालीलाई कमजोर बनाउने हर्कत गरेकोले यो विषयमा ओलीले सार्वजनिक रुपमा जनतासँग माफी माग्नुपर्ने बताए । ओलीले संसद् विघटनबारे आत्मालोचना नगरेसम्म एकता असम्भव रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्