Logo

गाँस, बास, कपासको अधिकार माग्दै शरणार्थीले दिए धर्ना (तस्बिर हेरौं)



काठमाडौं, १४ असार । मंगलबार काठमाडौंमा बस्दै आएका शरणार्थीहरुले राजधानीमा धर्ना दिएका छन् । महाराजगञ्जस्थित राष्ट्रसंघीय शरणार्थी सम्बन्धि उच्चायुक्तको कार्यालय अगाडी शरणार्थीहरुले जुलुश प्रदर्शन गर्दै धर्ना दिएका हुन् ।

श्रीलंका, पाकिस्तान, सोमालिया, नाइजेरिया, इराक, बंगलादेश, रोहिङ्ग्या, म्यानमारलगायत देशका नागरिकहरुले उच्चायुक्तको कार्यालय अगाडी सोमबारदेखि धर्ना दिएका हुन् । साना साना बालबालिकाहरुलाई पनि धर्नामा राखिएको छ । उच्चायुक्तको कार्यालयसँग शरणार्थीहरुको प्रतिनिधिहरु ४/४ जनाको टोलीले वार्ता गरिरहेको स्रोतले जनाएको छ।

गाँस, बास, कपासको आधारभुत अधिकार र बालबालिकाको शिक्षालगायत ११ बुंदे माग राखेर उनीहरुले धर्ना दिएका हुन् । Photo : Mukunda Kallikote/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्