Logo

सर्लाहीको धनकौल गाउँपालिकाले ल्यायो ३६ करोड ३० लाख रुपैयाँ बजेट



सर्लाही,असार १३ । आर्थिक बर्ष २०७९/०८० को लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै धनकौल (पश्चिमी) गाउँपालिकाको नवौं गाउँसभा हिजो (सोमबार) बाट सुरु भएको छ । प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले उद्घाटन गरेकोको गाउँसभामा गाउँपालिका अध्यक्ष रामआश्रय साहले आ व २०७९/०८० को निति तथा कार्यक्रमका लागि बजेट प्रस्तुत गरेका छन् ।

गाउँपालिका अध्यक्ष साहले आर्थिक विकास निति, सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा जेष्ठ नागरिक,संस्कृति तथा पर्यटन,खानेपानी तथा सरसफाइ ,पुर्वाधार विकास ,वातावरण तथा विपद व्यवस्थापन,संस्थागत विकास तथा सेवा प्रवाह,वित्तीय व्यवस्थापन र सुशासन,रोजगारी ,सूचना प्रविधि ,न्यायिक समिति र शान्ति सुरक्षालगायतका लागि कुल बजेट ३६ करोड ३० लाख ९६ हजार रकम विनियोजन गरेको जानकारी गराए।

जसमध्ये चालु तर्फ २१ करोड ४२ लाख २७ हजार रुपैयाँ र पुँजीगत तर्फ १४ करोड ८८ लाख ६९ हजार रुपैयाँ रहेको छ। निति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले धनकौल गाउँपालिकाको समृद्धिको आधार कृषि, शिक्षा, स्वास्थ्य, मानवीय विकास र भौतिक पुर्वाधारू भन्ने नारालाई मूल नाराको रुपमा लिई विकास व्यवस्थापन, दिगो विकास र सुशासनको प्रत्याभूति हुने वातावरणको सृजना गर्दै लैजाने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्