Logo

युवक फसाउने भावना तामाङ पुर्पक्षको लागि जेल चलान



काठमाडौं, १४ असार । फुर्वा तामाङलाई अपराधिक विश्वासघात गरेको अभियोगमा पक्राउ परेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

पर्याप्त प्रमाण नभएको भन्दै तामाङलाई भक्तपुर जिल्ला अदालतका न्यायधीश माधवप्रसाद अधिकारीको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

भावनामाथि ठगी, अपराधिक लाभ तथा अपराधिक विश्वासघात गरेको भन्दै फुर्वाले जाहेरी दिएका थिए । सम्पत्ति हत्याउन धेरै युवकसँग विहे गर्ने र विवाहपछि सम्पत्रि लिएर सम्बन्ध विच्छेद गर्ने गरेको फुर्वाले जाहेरीमा उल्लेख गरेका थिए । फुर्वाको अनुसार फुर्वासँग विहे गरेर भावनाले १ करोड ४५ लाख रुपैयाँ बराबरको सम्पत्ति कुम्ल्याएकी थिइन् । फुर्वाले गत असार १० गते भक्तपुर जिल्ला अदालतमा भावनाविरुद्ध मुद्दा दायर गरेका थिए ।

फुर्वाले आफुलाई अविवाहित हो भन्दै भावनाले फसाएको आरोप लगाएका छन् । जापानबाट भावनाको सामाजिक सञ्जाल फेसबुकमा फेण्ड रिक्वेस्ट आएको र कुरा गर्दै जाँदा विवाहको नाटक गरेको र विवाहसमेत गरी आफुबाट १ करोड ४५ लाख रुपैयाँ नगद समेत लिएर सम्बन्ध विच्छेद गरेको फुर्वाले बताउँदै आएको छ । फुर्वाले आफुसँग विवाह गर्नुअघि भावनाले ४ जना युवकसँग विवाह गरेको प्रमाण समेत अदालतमा पेश गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्