Logo

चीनले सून्य कोभिड नीतिविरूद्धको विरोध प्रदर्शन दबाउन बल प्रयोग



एजेन्सी, १४ असार । चीनमा सरकारले ‘शून्य(कोभिड’ रणनीति र यस नीतिको विरोधमा उत्रिएका जनताको प्रदर्शन र विरोधलाई दमन गरेको छ। यद्यपि, सिंगापुर पोस्टका अनुसार चीन यस असन्तुष्टि र त्यसपछिको विरोध प्रदर्शनबाट प्रभावित भएको देखिन्छ। भाइरसको फैलावटको अलिकति संकेतमा पनि चीनले कडा भन्दा कडा उपायहरू अवलम्बन गर्दै मानिसहरूमा निराशा बढाइरहेको छ।

यस वर्षको मे महिनाको मध्यतिर पेकिङ विश्वविद्यालयका स्नातक विद्यार्थीहरूले क्याम्पसमा उनीहरूलाई थप अलग राख्‍नको लागि पर्खाल खडा गर्ने स्कूलको निर्णयको विरूद्ध दुर्लभ तर शान्तिपूर्ण विरोध प्रदर्शन भयो। त्यहाँ विद्यार्थीहरुलाई स्वतन्त्ररुपमा आउन-जान पनि रोक लगाउने नियम जारी गरिएको थियो। उक्त नियमविरुद्ध विद्यार्थीहरु आन्दोलित भएका थिए।

खाना अर्डर गर्न वा आगन्तुकहरूमा रोक र दैनिक कोभिड परीक्षण गर्नुपर्नेजस्ता नियम लागु गरेपछि विद्यार्थीहरु आन्दोलित भएका थिए। हालैका हप्ताहरूमा सांघाईको सहरव्यापी तालाबन्दी र बेइजिङमा विस्तारित प्रतिबन्धहरूले चीनको कडा भाइरस नियन्त्रणको आर्थिक र मानव लागतको बारेमा प्रश्नहरू खडा गरेको छ।

अर्कोतर्फ, चिनियाँ कम्युनिष्ट पार्टीले बारम्बार आफ्नो शून्य(कोविड रणनीति सफल भएको दाबी गर्दै आएको छ। तर सत्यलाई विभिन्‍न सामाजिक सञ्‍जालका प्लेटफर्महरूको सहयोगमा उजागर गरिएको थियो, जहाँ मानिसहरूले ुशून्य(कोभिड नीतिु को लुकाइएको नकारात्मक प्रभावको पक्ष उजागर गरेका छन्।

केही स्थानहरू, सांघाईमा जस्तै स्थानीयहरूले पुलिस, स्वयंसेवकहरू र अन्यहरू तालाबन्दी लागू गर्न र संक्रमित व्यक्तिहरूलाई क्वारेन्टाइन केन्द्रहरूमा लैजान खोजिरहेकाहरूसँग झडप गरे। चीनका अन्य भागहरूमा पनि यस्तै प्रकारका प्रतिरोध र प्रदर्शनहरू देखिएका छन्।

मे २०२२ को तेस्रो हप्तामा, तियान्जिन विश्वविद्यालयका विद्यार्थीहरूले चिनियाँ सरकारको कोभिड नीतिविरूद्ध प्रदर्शन गरेका थिए। जसमा सरकारविरोधी नाराहरु लगाइएका थिए। चिनियाँ कम्युनिष्ट पार्टीले कुनै कसर बाँकी राखेको छैन र जनआन्दोलन र विरोधलाई रोक्न द्रुत गतिमा अघि बढिरहेको छ। यो पार्टीले आन्दोलनलाई आफ्नो सत्तामा कब्जा गर्न सम्भावित चुनौतीको रूपमा हेर्छ।

विद्यार्थीहरू बाहेक चिनियाँ समाजका अन्य वर्गका मानिसहरू पनि शून्य-कोभिड रणनीति कार्यान्वयनमा अधिकारीहरूले अपनाएका अधिनायकवादी विधिबाट पीडित छन्। धेरै जसो सार्वजनिक क्षेत्रहरू बन्द भएका कडा तालाबन्दीले चीनमा रोजगारी, आपूर्ति श्रृंखला र अर्थतन्त्रमा सामान्य रूपमा विनाश ल्याएको छ र मानिसहरू संकटको सामना गरिरहेका छन्। करिब ५१ प्रतिशत जनसङ्ख्यालाई मात्र खोप उपलब्ध गराएको छ भने अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरियन्टले फैलिने खतरा बढेको छ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्