Logo

वामदेवको दलमा कसरी पुगिन् शोभा पाठक



काठमाडौं, १४ असार । वामदेव गौतमले घोषणा गर्न लागेको दलमा ६९ केन्द्रीय सदस्य छन् । जसमा उनकी पत्नी तुलसा थापा र छोरा हरिश गौतम पनि रहेको बुझिएको छ ।

गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानमा एकजना हिन्दूवादी महिलाको पनि नाम देखिएको छ । गुरु गोरक्ष इन्टरनेशनल फाउन्डेशनकी अध्यक्ष समेत रहेकी पाठक हिन्दूवादी संगठनको कार्यक्रमहरुमा पनि सक्रिय देखिन्छिन् ।

उनले काठमाडौं क्षे नं ८ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी समेत गरिरहँदा अचानक गौतम नेतृत्वको दलमा देखिनुलाई अर्थपूर्ण मानिएको छ ।

काठमाडौं क्षेत्र नं ८ पर्यटनमन्त्री जीवनराम श्रेष्ठ जितेको क्षेत्र हो । उक्त क्षेत्रमा वामदेवको दल या उनी एक भएर जाँदा बन्ने दलमध्ये कुनैबाट पनि शोभा पाठक उम्मेदवार बन्ने चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्