Logo

आज थप ४४ जनामा संक्रमण पुष्टि, १ लाख ३६ हजारले खोप लगाए



काठमाडौं, १४ असार । नेपालमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७ सय ९८ जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट ३८ र एन्टीजेनबाट ६ गरी उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १७ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या आज शुन्य रहेको छ।

मन्त्रालयको अनुसार देशभर २ सय २९ जना सक्रिय संक्रमितको संख्या रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १ लाख ३६ हजार ९९६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्