Logo

वामदेवले देखे काँग्रेसले बहुमत ल्याउने सम्भावना



काठमाडौं, १४ असार । नयाँ पार्टी घोषणा गरेका पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले यथास्थितिमा चुनाव भएमा नेपाली काँग्रेसले बहुमत ल्याउने सम्भावना औल्याएका छन् । उनले अहिलेको गठबन्धन कायम रहेमा काँग्रेसले पाँच वर्ष देशको शासन चलाउने गरी बहुमत या सबैभन्दा ठूलो पार्टी बन्ने बताए ।

‘काँग्रेसले बहुमत या सबैभन्दा ठूलो दलका रुपमा स्थापित हुने देखेको छु,’ गौतमले पार्टी घोषणा गर्दै रिपोर्टर्स क्लब नेपालमा भने, ‘काँग्रेसले सरकारको नेतृत्व गर्दा देशमा कतिसम्म बेथिती हुन्छ भन्ने देखिइसकेको छ, त्यसैले त्यो हुन दिनहुन्न ।’

आफू कुनै हालतमा काँग्रेसलाई बहुमत ल्याउन नदिने गरी लागेको बताए । कम्युनिस्ट शक्ति एकजुट हुनुपर्नेमा उनको जोड थियो । आफू वाम एकतामा लागेर देशको शासनको नेतृत्व पुनः कम्युनिस्टले नै गर्ने अवस्था निर्माणमा लागेको बताए ।

कम्युनिस्ट पार्टी बाहेक अन्य कुनै पार्टीले देशको विकास र परिवर्तन गर्न नसक्ने दाबी गरे । उनले काँग्रेसलाई कुनै हालतमा ठूलो दल बन्न नदिन आफू एकताको अभियान लिएर अगाडि बढेको बताए ।



प्रतिक्रिया दिनुहोस्