Logo

नबिल बैंकको सामाजिक उद्यमशिलता कार्यक्रमले अवार्ड पायो



काठमाडौं, १४ असार । नबिल बैंकको सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न सुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको २० जना फेलोहरुले एसएसइ इनएबलर्स अफ सोसियल इन्टरप्रुनरसिप प्राप्त गरेका छन् ।

नेपाल उद्योग परिसंघ अन्तर्गतको सीएनआइवाइइएफ नेपालले बैंकलाई अवार्ड प्रदान गरेको हो। सीएनआइवाइइएफ नेपालले असार ११ गते काठमाडौंमा आयोजना गरेको सीएनआइवाइइएफ नेपाल स्टार्टअप फेस्ट २०२२ मा ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम अन्तर्गत पहिलो ब्याचका २० जना सहभागिहरुलाई सामूहिकरुपमा सो अवार्ड प्रदान गरेको नबिल बैंकले जनाएको छ।

२०७८ साल चैत ७ गतेदेखि सुरु गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रम अन्तर्गत देशभरका ३ सया ५० जना आवेदक मध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाबिद्यालय आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा संचालन गरिरहेको बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्